NCASC
हाम्रो समूह
नेपालमा जनस्वास्थ्य खतराका रूपमा एड्सको महामारीको अन्त्य
mission-1

रणनीतिक कार्यदिशा

रणनीतिले विश्वव्यापी परिकल्पना (Vision), विश्वव्यापी लक्ष्य (Goals) र विश्वव्यापी उद्देश्य (targets) हरुको खाका प्रस्तुत गरेको छ जुन सबै युएनएड्सको बहुक्षेत्रीय रणनीति, परिकल्पना, लक्ष्य र उद्देश्यहरूसँग तथा दिगो विकास लक्ष्यसँग पनि पूर्णरूपले सामञ्जस्य (aligned) छन्

परिकल्पना (vision)

सन् २०३० सम्ममा नेपालमा एड्स इपिडेमिकलाई अन्त्य गर्ने

मूलध्येय (Mission)

समावेशी, समतामूलक तथा पहुँचयोग्य सेवाहरु सुनिश्चित गर्द एचआईभी स्याहारको निरन्तरता कायम गर्ने

लक्ष्यहरू (Goals)

  • नयाँ एचआईभी सङ्क्रमण रोकथाम गर्ने
  • एचआईभी सङ्क्रमित व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी परिणामहरुमा सुधार ल्याउने
  • एचआईभी सङ्क्रमित तथा मुख्य समूहहरुमा एचआईभी सम्बन्धित असमानताहरुमा कमी ल्याउने
mission-1

उद्देश्यहरु (Targets)

 

  • अनुमानित एचआईभी सङ्क्रमितमध्ये ९५% को पहिचान गर्ने
  • एचआईभी सङ्क्रमण पुष्टि भएका ९५% व्यक्तिको उपचार गर्ने
  • एआरटी सेवा लिइरहेका एचआईभी सङ्क्रमित मध्ये ९५ % मा भाइरल लोड (viral load suppression) सप्रेसन हासिल गर्ने
  • नयाँ एचआईभी सङ्क्रमण लाई ९०% ले कम गर्ने (२०१० को आधारमा)
  • आमाबाट बच्चामा एचआईभीको सङ्क्रमण निवारण (elimination) गर्ने
  • जन्मजात भिरङ्गी (congenital syphilis) को केस दर प्रति लाख जीवित जन्ममा ५० वा सोभन्दा कम गर्ने